Odapalika - The Fourth Estate - चौथो अंग
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा शिफारिस भएका छन् । 

आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनबाट अनिवार्य अवकाश पाउने भएकाले परिषदले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दै अनुमोदनका लागि संसदीय सुनुवाई समितिमा पठाएको छ । 

परिषदको सिफारिसअनुसार समितिले संसदीय सुनुवाई गरेर अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने कानुनी व्यवस्था छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने संबैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update