Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन

काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले बाँझो जग्गा उपयोग गर्न चाहने कृषक तथा कृषक समूहहरुलाई निवेदन दिन दोस्रो पटक सूचना आह्वान गरेको छ । 

पालिकाले वाँझो जग्गा संरक्षण गर्नभन्दै गत पुस २३ गते १५ दिनको समय राखेर सूचना जारी गरेको थियो । उक्त सूचनामा कुनै पनि निवेदन नपरेपछि पालिकाले फागुन ६ गते पुनः १५ दिनको समय राख्दै दोस्रो पटक सूचना आह्वान गरेको हो । 

सूचना अनुसार २ वर्षदेखि बाँझो रहेको जग्गामा खेती गर्ने कृषक समूह, कृषि फर्म तथा सहकारीहरुलाई प्रोत्साहन स्वरुप कार्यविधिमा उल्लेख अनुसार नगद अनुदान प्रदान गरिनेछ । 

फेदीखोला गाउँपालिकाको बाँझो जग्गा उपयोग अनुदान भुक्तानी कार्यविधी, २०७७ सार्वजनिक गरेको छ । सोही कार्यविधि अनुसार नगद अनुदान दिईने जनाईएको छ । 

सूचना अनुसार वाँझो जमिन संरक्षणमा नगद अनुदानका लागि कार्यविधिमा भएको ढाँचा सहितको निवेदन (निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालयबाट पाउन सकिनेछ), नागरिकता प्रमाणपत्रको प्रतिलिफि संस्था तथा समूहको हकमा दर्ता प्रमाणपत्र तथा संस्था तथा समूहको निर्णयको प्रतिलिपि, खेती गर्ने जग्गाको लालपूर्जा प्रमाणपत्रको प्रतिलिपि । साथै लिजमा भएको भए कम्तिमा ३ वर्ष वा सोभन्दा बढी अवधिको वडा अध्यक्ष वा जनप्रतिनिधिको रोहवरमा गरिएको द्धिपक्षित सम्झौताको प्रतिलिपि पेश गर्नुपर्नेछ । 

यस्तै, वडाको सिफारिस विगत २ वर्षदेखि सम्बन्धित खेती गर्ने जपमन बाँझो रहेको विवरण एकिन गरिएको सिफारिस र खेती गरिने बाँझो जग्गाको फोटो (वडा अध्यक्ष वा निजले तोकेको व्यक्तिले प्रमाणित गरेको) राख्नुपर्नेछ । 

phedikhola notice1708415497.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update