Odapalika - The Fourth Estate - चौथो अंग

बरहथवा नगरपालिका मधेशको बीच भागमा रहेको सर्लाही बजारमा रहेको ठूलो बजार भएको नगरपालिकाका रुपमा चिनिन्छ । यहाँको जनसंख्या, भूगोलको हिसाबमा पनि मधेश प्रदेशको झन्डै दोस्रो ठूलो नगरपालिकाको रुपमा यो नगरपालिका छ ।

हामीले सोचेको अनुसार अपेक्षाकृत कामहरु गर्न नसकेको मलाई फिल भएको छ । तथापि, अहिलेसम्म हामीले शैक्षिक क्षेत्रमा विषेश जोड दिएका छौँ । विकास भनेको भौतिक पूर्वाधार मात्रै होइन । विकाशका लागि शैक्षिक क्षेत्रलाई उजागर गरेनौँ भने हाम्रो विकाशको गति एकदमै पछाडी पर्नेभन्ने कुरालाई महसुश गर्दै हामीले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षालाई जोड दिने प्रयास गरेका छाँै । 

अर्काेतिर, बरहथवा नगरपालिका कृषिका लागि एकदम उर्भर भूमिको रुपमा चिनिने नगरपालिका भएका कारण यहाँ हरेक खालका खेतीहरु जस्तै तेलहन, दलहन, नगदेबालीदेखि लिएर खाद्यान्न र तरकारीबाली उत्पादनको क्षेत्रका रुपमा चिनिन्छ । यो ठाउँका किसानलाई लागत सहभागिता र लागत पुँजी घटाउनका लागि कृषि क्षेत्रलाई विशेष जोड दिनुपर्छ भन्ने भावनाको साथ हामीले कृषि विद्युतीकरणलाई विशेष जोडका साथ अगाडी बढाइराखेका छाँै । 

इन्धन खरिद गरेर उहाँहरुले सिँचाई गरिरहनुभन्दा पनि सिँचाईको प्रचुर उपयोग नभएको अवस्थामा हामीले विद्युतीकरणलाई जोड दिएका छौँ । त्यो विद्युतीकरण भनेको कृषि सिँचाइलाई विद्युतीयकरणको अभियानमा हामीले अगाडी बढाइराखेका छौँ । 

अर्काेतर्फ स्वास्थ्यमा पनि विशेष परिवर्तन ल्याउनुपर्छ । मधेशका महिलाहरु विशेषत प्रजननका समस्याहरुले र अन्य बुढाबुढीहरुलाई सामान्य रोग भनेर सामान्य रुपमा बुझिराख्दा कहिलेकाँही घातक रोगको सिकार बनिराख्नुपरेको छ । स्वास्थ्यमा पनि केही सुधार गर्नुपर्छ भनेर हामी लागिराखेका छाैँ । विकाशका गतिहरुमा पनि हामीले सामान्यतया अहिले गर्नुपर्ने भनेको महत्वपूर्ण विषयको पहिँचान गर्दै हामीले मानव सुचांकलाई माथि बढाउनका लागि पनि सबैतर्फ एउटा सशक्तिकरण भएर लैजाने, पछाडी परेका वर्गलाई पनि गरिब आवाश, शुद्ध पानी खानका लागि खानेपानीको पहुँचका लागि अभियानको रुपमा खानेपानीका योजनाहरु अगाडी बढाउने कामहरु गरेका छौँ । 

kalpana katuwal mayor barahathawa napa1708415869.jpeg

पछाडी परेका वर्गलाई केही न केही चेतानासँग जोडनुपर्छ । उहाँहरुको चेतनालाई माथि उठाउनुपर्छ, अनि मात्र हामी समाजमा केही न केही कुरा गर्न सक्छौँ । अन्यथा हाम्रा पछाडी परेका वर्गहरुकै कारणले त्यो सुचकंमा पर्छौ भनेर हामीले उहाँहरुलाई सचेतानामूलक कार्यहरु, सीपमूलक कार्यक्रमहरु (सीपमात्र सिक्ने होइन सीपपछि व्यवसायीकरणमा पनि जोड दिनुपर्छ भन्ने ढंगबाट) ल्याएका छौँ । 

हाम्रो नगरपालिकामा सीटीइभिटीबाट सञ्चालित कृषि प्राविधिक कलेज छ । यसमा कृषि विषयमा स्नातकसम्म अध्ययन हुन्छ । यो विषय कृषिसँग जोडिएको त हो, तर त्यहाँ विद्यार्थी एकदम न्यून हुँदै गइरहेको अवस्था छ । हामीले प्रयोगात्मक ढंगबाट प्रयोगात्मक कक्षाहरु सञ्चालनमा जोड दिएका छाैँ । जसले गर्दा विद्यार्थीमा आकर्षण पनि बढोस र असल कामको पनि अभ्यास होस भन्ने हो । उहाँहरुले पढाइ सकेपछि हातमा डिग्रीको सर्टिफिकेट लिएर जागिरको मात्र भरोस होइन, आफ्नै ढंगबाट पनि व्यवसायिक सिपतर्फ उन्मुख बनाउने खालका कार्यक्रमहरु अगाडी बढाउनुपर्छ भनेर यी विषयहरुलाई विशेष जोड दिने कामहरु गरेका छौँ ।

बरहथवा नगरपालिका मधेश प्रदेशकै ठुलो बजारको रुपमा चिनिने भएकोले बजारको व्यवस्थापन र बजारको सौन्दर्यकरण गरेर व्यवस्थित बजार कसरी देखाउन सकिन्छ भनेर हामीले प्राथमिकतामा राखेका छौँ । बजारलाई व्यवस्थित गरेपछि बाहिरबाट आउने ग्राहकहरुलाई हामीले एउटा आकर्षणको थलो बनाउन सक्छौँ कि भन्ने ढंगबाट व्यवस्थापनलाई अलि राम्रो बनाउने प्रयास पनि गरिराखेका छौँ । 

हाम्रो नगरपालिका प्राकृतिक सौन्दर्यले पनि भरिएको छ । अहिलेको पर्यावरणमा जुन असर परिराखेको छ जलवायु क्षेत्रमा, त्यसलाई पनि एउटा वातावरणीय ढंगबाट पनि सोच्नुपर्छ भन्दै हामीले हजारौको संख्यामा बृक्षारोपण कार्यक्रम (सडकका दुबैतर्फ) गरिराखेका छौँ । यसले एकातर्फ सौन्दर्यता बढाँउछ भने अर्काेतर्फ वातावरणलाई असर गर्नबाट जोगाउँछ भनेर हामीले विभिन्न कार्यक्रमहरु अगाडी बढाइराखेका छाँै । 

महिला सशक्तिकरणका लागि मुसहर, दलित बस्तीका लागि हामीले एकीकृत गरिब आबासको अभियान ल्याएका छौँ । हामीले भर्खर एकीकृत गरिब आवाश कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृति पाएका छौँ । स्वीकृती पाएसँगै सञ्चालनका लागि हामीले टेन्डर आह्वान गरिसकेका छौँ । 

सुन्दर खानेपानीका लागि  राष्ट्रिय योजना आयोगबाटै कार्यक्रम प्राप्त गरेका छौँ । भौतिकतर्फ अहिले आम जनताको बुझाइ नै सडक नै विकाश हो भन्ने छ । यसलाई पनि महत्व दिनुपर्छ भन्ने कुरा त हामीले बुझेका छौँ । तथापि, हामीले उहाँहरुलाई सडक मात्रै विकाश होइन । विकाश भनेका न्यूनतम आधारभूत आवश्यकताका विषयहरुलाई  लिएर हामीले अगाडी बढ्नुपर्छ, जसमध्ये शिक्षा, स्वास्थ्य महत्वपूर्ण विषय हो भनेर बुझाउने गरेका छाँै । 

जसरी एउटा किसानले उत्पादन गर्दा लागत बढी लाग्ने भएपछि कृषि क्षेत्रको आकर्षण घटिरहेको छ । लागत अनुसारको प्रतिफल नआइरहँदा उहाँहरुको आकर्षण घटिरहेको अवस्थामा हामीले नगरपालिकाको तर्फबाट सिँचाइका लागि विद्युतीकरणका प्रक्रियाहरु अगाडी बढाइराखेका छाँै भने बजारीकरणका लागि उहाँहरुले रासायनिक मलबाट मात्र उत्पादन हुन्छ भन्ने कुरालाई बाहिर राखेर अर्गानिकतर्फ केही लागत घटाएर उत्पादनलाई बढाउने र त्यसले स्वस्थकर पनि हुने कुराहरुमा पनि विशेष जोड दिनुपर्ने पर्छ भनेर किसानलाई विभिन्न खालका तालिमहरु हामीले अगाडी बढाइराखेका छौँ । 

हाम्रो पालिकाबाट उत्पादिन वस्तुहरु बजारबाट धेरै बाहिर जाने बढिरहेको छ । तथापि, अहिले हाम्रा बजारमा हाम्रै खेतबारीमा उत्पादित कच्चा पदार्थ छन्, त्यसबाट हामीले अर्काे ठाउँमा पठाएर ढुवानी लागत खर्च कटाएर फेरि सोही कुरालाई आफ्नो ठाउँमा आयात गरिरहेका छौँ । डबल ढुवानी लागतको खर्चलाई घटाउनका लागि हामीले यसलाई उद्योगसँग कही न कही जोड्नुपर्छ भनेर कच्चा पदार्थमा आधारित उद्योगहरुलाई अगाडी बढाउनुपर्छ भन्ने अवधारण राखेका छौँ । 

अहिले हामीले हाम्रा नीति तथा कार्यक्रममा बजेटमा पनि त्यो कुरालाई केन्द्रीत गरेका छौँ । त्यही अनुसार अब किसानहरुको आकर्षण केमा बढ्दैछ, उहाँहरुलाई कुन कुराले बढी फाइदा दिएको अनुभुती भैराखेको छ, त्यसमा नगरपालिकाले पनि अनुदान दिएर हुन्छ कि, कृषि उपकरण उपलब्ध गराएर हुन्छ कि वा कृषिमा आधारित तालिमहरु दिएर हुन्छ कि । उहाँहरुको आकर्षणलाई बढाउँदै कतिपय उपकरणसँग नजोडिएको, थाहा नभएको कारणले  पनि हामीले जुन किसिमको खेती प्रणाली अगाडी बढाउनुपर्ने हो, चक्लाबन्दी खेती गर्दा उपकरणको सही सदुपयोग गर्न सकिन्छ र त्यसबाट लागत घटाउन सकिन्छ भन्ने लगायतका कुरा उहाँहरुले नबुज्दा हामीले यो विषयलाई पनि फोकसमा राखेका छाैँ । 

कृषि लागतलाई घटाउँदै, कृषिप्रतिको आकर्षणलाई बढाउँदै र उहाँहरुबाट उत्पादित कच्चा पदार्थहरुलाई आफ्नै बजार र आफ्नै उद्योगधन्दा सानोबाट सुरु गरेर भएपनि त्यसको बजारीकरणको व्यवस्था गर्दाै अन्यसँग लिंक गरेर जानुपर्छ भन्ने ढंगबाट हामी किसानहरुसँग सहकार्य गरेर अगाडी बढ्ने प्रयास गरिरहेका छौँ । 

हामीले गरिब, विपन्न वर्गको तथ्यांक संकलन सुरु गरेका छौँ । जसमध्ये एकदमै जसको जमिन पनि छैन, र उसको घरपनि छैन । त्यस्ता गरिब, विपन्नहरुलाई हामीले र्याङकिन गरेर विभिन्न वडाबाट त्यो प्रक्रिया सुरु गरेका छौँ । हामीले संकलन गरेको तथ्यांकमा रहेर एकदमै बस्तुनिष्ट रहेर त्यो कुरालाई सही छ या छैन भन्ने कुरालाई अझै नियालेर यो बनाउन लागेको योजना छ । यो राष्ट्रिय योजना आयोगको कार्यक्रममा समावेश छ । जसमा आधा नगरपालिका आफैले लगानी गर्छ भने आधा राष्ट्रिय योजना आयोगबाट प्राप्त हुन्छ । 

हामीले यो योजना भरखर सुरु गरेको अवस्थामा छ । यो बनाइरहदा संख्यात्मक हिसाबले धेरै हुनुहुन्छ होला, धेरै भए तापनि त्यसैभित्र पनि अझै अतिविपन्न भन्ने शब्दलाई हामीले परिभाषित गर्दै त्यस्ता खालका वर्गलाई ल्याएर जतिलाई सक्छौँ । सकभर धेरैलाई समावेश गर्ने कोशिष गछौँ । यो वहुवर्षीय योजना भएकाले यसपालि सुरुवात मात्रै हो, फेरिपनि यसको निरन्तरता रहन्छ भन्ने कुरामा हामी विश्वस्त छाैँ । 

हाललाई हामीले यो कार्य यसपालि कम मात्रैमा निर्माण हुन्छ । निर्माण सकिएपछि बहुबर्षीय योजना प्राप्त गर्न सफल भएको खण्डमा एकीकृत ढंगबाट बनेका बस्तीहरुलाई हरेक वडाबाट विपन्न, दलित तथा अति विपन्न वर्गहरुलाई हामीले छनोट गरेर जति बनाउन सक्छौँ । त्यो घरलाई वास्तवमा सहि व्यक्तिले पायो, सबैले पायो भन्दापनि पाउनुपर्ने व्यक्तिले पायो भन्ने ढंगबाट काम गर्ने हाम्रो प्रयास रहन्छ ।

(सर्लाहीको बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालसँग गरिएको भिडियो कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update