Odapalika - The Fourth Estate - चौथो अंग
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन

काठमाडौँ । महालक्ष्मी नगरपालिकामा सञ्चालित तीन दिने महोत्सव समापन गरिएको छ । फागुन ५ गतेदेखि ७ गतेसम्म महालक्ष्मी–१० लाकुरीभञ्ज्याङमा महालक्ष्मी नगरको समृद्धिको आधार : शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार  भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सोमबार सकिएको हो । 

महोत्सव अवधिभर विशिष्ट व्यक्तित्वहरुको आगमन, महालक्ष्मी मन्दिर, लाकुरीभञ्याङ, मनमोहन पार्क, गणेशमानशिंह पार्क, ऐतिहाँसिक लुःभू तथा सिद्धिपुर क्षेत्र, बोजे पोखरी लगाएतका स्थानहरुको अवलोकन–भ्रमण सहित विविध कार्यक्रम सम्पन्न भएको नगरप्रमुख हरि गोविन्द श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार स्थानिय मौलिक संस्कृतिको प्रदर्शनी, विभिन्न परम्परगत खानाहरुको स्वाद, स्थानीय वस्तु र सेवाहरुको विनिमय, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु संचालन भएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update