Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राखिएको जनताको पैसा सुरक्षित रहेको जनाएको छ । पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो । 

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

यस्तै, बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको जनाएको छ । 

पछिल्लो समय एनआईसी एसिया बैंक डुब्दैछ भन्ने बजार हल्ला ब्याजपक भएपछि राष्ट्र बैंकको यस्तो प्रतिक्रिया आएको हो । यद्यपि राष्ट्र बैंकले जारी गरेको सूचनामा भने सो बैंकको नाम उल्लेख गरिएको छैन् । 

nrb notice1708425305.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update