Odapalika - The Fourth Estate - चौथो अंग
वित्त आयोगबाट सन्धीखर्कले ६२ अंक पाउँदा हरिपूर्वा नपाले पायो ६ अंक, अरु कुनको कति ? 

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्य सम्पादनमा पाएको अंक सार्वजनिक गरेको छ । 

आयोगले फागुन ८ गते सार्वजनिक गरेको सुचनामा स्थानीय तहहरुले प्राप्त गरेको अंकका बारेमा जानकारी दिएको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्यांकन गरिएको हो ।

आयोगले प्रदान गरेको अंकका बारेमा चित्त नबुझेमा ७ दिनभित्रमा आयोगमा पुनरावलोकनका लागि निवेदन दिन भनिएको छ ।

आयोगले विभिन्न १६ वटा सुचकलाई आधार बनाएर अंक दिने गर्छ । यस्ता सुचकमध्ये केहीको अंकभार १५ छ भने केहीको ५ र केहीको ३ छ । 

आयोगको कार्यसम्पादन मूल्यांकमा सबैभन्दा अब्बल स्थानीय तह अर्घाखाँचीको सन्धीखर्क नगरपालिका परेको छ । सो नगरपालिकाले आयोगबाट ६१.८१ अंक पाएको छ । 

यस्तै, सबैभन्दा कम नम्बर पाउने स्थानीय तह पनि नगरपालिका नै परेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिकाले जम्मा ५.९९ अंक पाएको छ । अन्य स्थानीय तह कुनले कति अंक पाए भन्ने विवरण तल दिइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update