Odapalika - The Fourth Estate - चौथो अंग
‘मेयर्स अफ पिस’मा सहभागी हुन सबै नगरलाई संघको सिफारिस, के छ जापानी मेयरले पठाएको पत्रमा ?

काठमाडौँ । संघीय सरकारले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई मेयर अफ पिसमा सहभागी हुन सिफारिस गरेको छ ।

संघीय सरकार अन्तरगतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर र नगरपालिकाहरुलाई पत्र पठाएर मेयर्स अफ पिसमा सहभागी सिफारिस गरेको हो । जापानको हिरोशिमाका मेयर मत्सुल काजुमीले पठाएको पत्रसहित मन्त्रालयले नगरपालिकाहरुलाई यस्तो पत्र पठाएको हो ।

‘जापानको हिरोशिमा र नागासाकी नगरद्वारा सन् १९८२ मा प्रारम्भ गरिएको मेयर्स अफ पिस अभियानमा नेपालका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले समर्थन र सहभागिताका लागि अनुरोध गरी हिराृेशिमाका मेयर मत्सुल काजुमीले उपलब्ध गराउनु भएका कागजातहरु यसैसाथ संलग्न छन् । व्यहोरा सोहीबाट अवगत गरी उक्त मेयर्स अफ पिस अभियानमा समर्थन र सहभागिता हुन इच्छुक महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई जानकारी एवं कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ मन्त्रालयका शाखा अधिकृत छविकिरण पौडेलले हस्ताक्षर गरी पठाइएको पत्रमा भनिएको छ ।

हिरोशिमाका मेयर काजुमीले २८ अप्रिल २०२३ मा जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीलाई भेटी मेयर्स अफ पिसमा नेपालका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई समर्थन र सहभागिताको लागि अनुरोध गरेका थिए । यसका लागि मेयर काजुमीले कागजपत्र पनि दिएका थिए । सोही काजगपत्रका आधारमा नेपालका लागि जापानी दुतावासले गत जेठ १६ गते नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

यसरी पत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले गत जेठ ३२ गते सो पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको थियो । मन्त्रालयले सोही पत्रका आधारमा साउन १७ गते सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई पत्र पठाएको हो ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update