Odapalika - The Fourth Estate - चौथो अंग
आफ्ना मान्छेलाई मात्रै सडक निर्माणको जिम्मा दिने स्थानीय तहको हरकतमा अख्तियारको प्रहार

काठमाडौँ । स्थानीय तहहरुले सडक निर्माणमा खण्डखण्ड बनाएर एउटै व्यक्ति तथा कम्पनीलाई पटक पटक निर्माणको जिम्मा दिने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो कार्य रोक्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्थानीय तहहरुले निर्माण गर्ने सडकमा एउटै सडकको खण्ड खण्ड बनाउने र एउटै आर्थिक वर्षमा एउटै फर्म, कम्पनी तथा व्यक्तिलाई धेरै पटक सडक बनाउने जिम्मा दिएर सार्वजनिक खरिद ऐनको व्यवस्था विपरित कार्य गरेको भन्दै अख्तियारले मन्त्रालयलाई पत्र लेखेको हो ।

खासगरी मोरङको रतुवामाई नगरपालिकाले यस्तो कार्य गरेको उजुरी परेपछि अनुसन्धान गर्दा सोको पुष्टी भएको अख्तियार स्रोतले जानकारी दियो । एउटै सडक खण्डलाई टुक्रा पार्ने र पटक पटक गरी एकै व्यक्ति, फर्म वा कम्पनीलाई सडक निर्माण गर्न दिने कार्य गरेको पाइएको थियो । यस्तो तथ्य फेला परेपछि अख्तियारले सो कार्य रोक्नका लागि मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

ciaa-paper1708582671.jpg

अख्तियारले माघ २२ गते यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयमा पत्र पठाइसकिएको छ भने मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update