Odapalika - The Fourth Estate - चौथो अंग
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ । बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको लागि नयाँ निर्देशन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । 
बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । उक्त व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ । 

यसअघि उक्त निक्षेप अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update