Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ । 

आज मध्यबानेश्वरस्थित भरोसा र भेनस अस्पतालको अनुगमनका क्रममा सुझाव दिँदै महानगरका अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गरेका हुन् । 

भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी, प्रयोगशाला, भण्डारण कक्ष) २० लिटर क्षमताका अटोक्लेभ मेसिन राखेको छ । तर उत्पादित फोहोर वर्गीकरण गरेको छैन । 

मध्यबानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर देखिएको महानगरले जनाएको छ । वर्गीकरण, ढुवानी, निर्मलीकरण र भण्डारण प्रणालीका हरेक ठाउँमा तत्काल सुधार गर्नु पर्ने देखिएको अनुगमन टोलीको निष्कर्ष छ । 

‘अनुगमनमा अपेक्षित अवस्था पाइएन । तत्काल सुधार नगर्ने हो भने कारवाहीको प्रक्रियामा जानु पर्ने हुनसक्छ,’ महानगर वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भनिन् ।   

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update