Odapalika - The Fourth Estate - चौथो अंग
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सव इन्जिनियर हर्कधन बुढा विरुद्ध मुद्दा दायर गरेको हो । यस्तै, चंखेली गाउँपालिका– ३ का वडाध्यक्ष सालिग्राम ऐडी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीहरूविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा बिहीवार विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । 

चंखेली–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई भ्रष्टाचारको मुद्दा लगाइएको हो ।

आरोपीहरूविरुद्ध ११ लाख ९४ हजार ४२६ रुपैयाँ ८ पैसा बिगो माग गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update