Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 

काठमाडौँ । संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आफुसँग भएको दमकलको विवरण ३ दिनभित्रमा उपलव्ध गराइदिन स्थानीय तहहरुमा पत्राचार गरेको छ । 

मनत्रालयले आफुसँग दमक भए नभएको विवरण सँगै दमकल भएमा जिपिएस प्रणाली जडान भएका छ कि छैनन् भन्ने सम्मको तथ्यांक दिन भनेको छ । 

स्थानीय सरकारहरुले आफैँ र विभिन्न संस्थाको सहयोगमा दमकल खरिद गरेर सेवा दिदै आए पनि संघीय सरकारसँग देशभर भएको दमकलको एकीकृत तथ्यांक अहिलेसम्म छैन । 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रहमा संघीय मामिलाले स्थानीय तहसँग दमकलको विवरण मागेको हो । 

उता, गृह मनलयले सडक दुर्घटना न्यूनीकरणका लागि स्थानयि तहसँग समन्वय गरेर मात्र काम गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नै गरेको छ । 

गृहले जिल्ला भित्र रहेको सडक सञ्जालको बर्गीकरण गर्ने, जोखिम क्षेत्र पहिचान गर्ने, कच्च्ी सडकमा ठूला सवारी चलाउन उपयुक्त भए नभएको हेर्नेजस्ता कार्यमा स्थानीय तहसँग अनिवार्य समन्वय गर्न भनेको छ । 

सडक सुरक्षा कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न स्थानयि तहका प्रमुखहरुलाई समेत सहभागी गराएर न्युनतम रुपमा त्रैमासिक बैठक बसेर न्यूनीकरणका कार्ययोजना बनाउनसमेत गृहले भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update