Odapalika - The Fourth Estate - चौथो अंग
तीन सरकारी कार्यालयले मागे २४० जना स्थायी कर्मचारी, यसरी दिन सकिन्छ आवेदन 

काठमाडौँ । तीनवटा सरकारी कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कृषि विकाश बैैंक, नागरिक उडड्यन प्राधिकरण (क्यान) र कर्मचारी सञ्चय कोषले २४० जना कर्मचारी माग गरेका हुन् । 

सबैभन्दा धेरै कृषि बैंकले ११२ जना, क्यानले ९८ जना र कोषले ३० जना कर्मचारी माग गरेका हुन् । 

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी

कृषि विकास बैंकले विभिन्न पदमा लागि ११२ जना कर्मचारी मागेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन खुलाएको हो । 

सूचना अनुसार शाखा प्रमुखदेखि लेखापालसम्म कर्मचारी माग गरिएको छ । सूचना अनुसार प्रशासन तर्फ ८ औँ स्तरको शाखा प्रमुख अधिकृतमा २ जना, वरिष्ठ लेखा अधिकृतमा २ जना, व्यवसाय अधिकृतमा ३२, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो । 

यस्तै, व्यवसाय सहायकमा १६ जना, कानुन सहायकमा १ जना, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ । 

krishi-bikash-bank-notice1708666841.jpg

क्यानले माग्यो ९८ कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभिन्न तहका लागि ९८ जना कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशन भएको सूचना अनुसार उपमहानिर्देशकदेखि सहायकस्तर सम्मका ९८ जना कर्मचारी माग गरिएको हो । 

चालू आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकका लागि समेत क्यानले सूचना प्रकाशन गरेको छ । 

प्राविधिकतर्फ दशौँ तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो।

प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ ।

सूचना अनुसार योग्य मानिसले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

caan-notice1708666878.jpg

कोषले माग्यो ३० कर्मचारी

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । २१ दिनको अवधि राखेर प्रकाशन भएको सूचना अनुसार नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो । 

जसमा वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ । सहायक प्रबन्धक १२ जना माग गरेकोमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना रहेका छन् ।

त्यस्तै प्रशासनतर्फ र प्राबिधिकतर्फ १/१ जना सहायक प्रबन्धक मागिएको छ । पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी माग गरिएकोमा ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसी रहेको छ । 

karmachari-sanchaya-kosh-notice1708666901.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update