Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा उनीहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । 

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update