Odapalika - The Fourth Estate - चौथो अंग
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले शुक्रबार नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामविर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल सहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्भेक्षक यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुस लिएको भन्दै माघ ९ गते  नियन्त्रणमा लिएको थियो ।

अख्तियारले लेखापढी व्यवसायी आशिषराज बस्नेत विरूद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गाको कित्ताकाट र नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पाँच जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update