Odapalika - The Fourth Estate - चौथो अंग
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड 

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ८४ करोड ३ लाख ७८ हजार ८९६ रुपैयाँ आम्दानी गरेको जनाएको छ । 

नगरपालिकाले सार्वजनिक गरेको ७ महिनाको आय विवरण अनुसार सवैभन्दा वढी आम्दानी वडा नम्बर ३ ले गरेको छ । महानगरका अनुसार सो वडाले ७ महिनाको अवधिमा १० करोड ७९ लाख १४ हजार ४९२ रुपैयाँ आम्दानी गरेको छ । 

गत वर्ष यो वडाले २१ करोडभन्दा वढी आय गरेको महानगरपालिकाले जनाएको छ । यो वडा झम्सीखेलदेखि पुल्चोक क्षेत्रमा पर्छ । 

७ महिनाको अवधिमा सवैभन्दा कम आय वडा नम्बर २९ ले गरेको छ । यो वडाले ५९ लाख २७ हजार २७५ रुपैयाँ आय संकलन गरेको छ । 

woda1708689318.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update