Odapalika - The Fourth Estate - चौथो अंग
पानी र जाडो घट्दो, कोशी र मधेसमा भने अझै कायम 

काठमाडौँ ।  चिसो र पानी पर्ने क्रम निरन्तर ओरालो रहेपनि नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जसका कारण कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भइरहेको छ । विभागका अनुसार देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update