Odapalika - The Fourth Estate - चौथो अंग
आजकोे दिन कुम्भ, कर्कट, धनु र वृश्चिकको 

आजको पञ्चाङ्ग 

तिथि: प्रतिपदा, नक्षत्र: पूर्वफाल्गुनी, करण: कौलब, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ३५, सूर्यास्त: १८: ००, दिनमान: २८: ३३ घडी, राहुकाल: बेलुका ४: ३० देखि ६ः०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

दिउँसोदेखि समयले साथ दिनेछ ।  रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुन्न पाइनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

जग्गा, घर तथा सवारी साधनको प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईंको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको जश पाइँदैन । पैसाको कारण वादविवाद होला । लेनदेनको कारण तनाव हुनेछ । खर्च बढ्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईंको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

समय भाग्योदयको रहेकाले काम बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिन्छ । शत्रुपक्ष निर्बल देखिनेछन् ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज जीवनोपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सन्तानको खुसी देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

जुन कुरामा पनि शत्रुसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update