Odapalika - The Fourth Estate - चौथो अंग
आहा ! काठेखोलाको कोदोको बिस्कुट 

काठमाडौँ । बागलुङका कृषकहरु कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालेका छन् ।  कोदोलाई ब्रान्डिङ गरेर यसको पिठोबाट उनीहरले बिस्कुट उत्पादन गरेर आम्दानी लिन थालेका हुन् । 

घरेलु उद्योगका रुपमा काठेखोला गाउँपालिका–८ कृषक चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन थालेपछि स्थानीयमा कोदोप्रतिकाे मोहसमेत बढ्न थालेको छ । 

७ वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धान गरेका उनले २०७७ मा उद्योग नै स्थापना गरेर काम थालेका हुन् । 

अब आलुको बिस्कुट बजारमा पठाउने उनको योजना छ । काठमाडौँमा लामो समय होटल व्यवसाय गरेपछि गाउँ फर्किएका उनले रैथाने बालीबाटै नयाँ उत्पादन बनाउन सकिन्छ भनेर प्रमाणित गरेर देखाइदिएका छन् । 

५० लाख रुपैयाँको लगानीमा सुरु गरेको उनको उद्योगबाट  उत्पादित बिस्कुटको बजारमा माग बढ्न थालेको छ । ७० ग्रामको कोदोको बिस्कुटलाई प्याकेजिङ गरेर उनले २० रुपैयाँमा बेचिरहेका छन् । 

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत  १० लाख अनुदान पाएपछि उद्योग सुरु गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update