Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट दादुरा–रुबेलाबिरुद्धको खोप अभियान, ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दिइँदै 

ललितपुर । आजबाट दादुरा–रुबेलाबिरुद्धको देशव्यापी खोप अभियान सुरु भएको छ । ललितपुर महानगरपालिकाका ९२ हजार ३०० बालबालिकाले दादुरा र रुवेला विरुद्धको खोप लगाउने भएका छन् । 

आजदेखि २३ फागुनसम्म सञ्चालन हुने दादुरा-रुबेला खोप अभियान अन्तर्गत महानगर भित्रका २१२ वटा खोप केन्द्रबाट ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले दादुरा-रुबेलाविरुद्ध खोप लगाउन लागिएको हो ।  

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले १३ देखि २३ गतेसम्म विद्यालयहरुमा खोप केन्द्र राखेको जानकारी दिइन् । उनले भनिन्, ‘२३ गते महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौं ।’ फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ नम्बर वडाका विद्यालयहरुमा खोप दिइनेछ ।  

फागुन १४ गते वडा नंं. २२, २३, २४ का विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ । त्यसैगरी फागुन १५ गते वडा नं. १८, १९ र २० र २१ का विद्यालयहरुमा दादुरा रुवेला विरुद्धको खोप दिइने छ ।  १६ गते वडा नंं. १४, १६ र १७ का विद्यालयहरुमा खोप दिने व्यवस्था मिलाइएको छ ।  फागुन १७ गते १५ वडाका विद्यालयहरुमा फागुन १८ गते ८,९, १०, ११, १२, १३ का विद्यालयहरुमा खोप दिइनेछ । 

फागुन २० गते वडा नं. ५, ६ र ७ मा रहेका विद्यालयहरुबाट खोप दिइनेछ । फागुन २१ गते वडा नं.४ का विद्यालयहरुमा, फागुन २२ गते वडा नंं. १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ ।   २३ गतेदेखि सबै वडाका स्वास्थ्य संस्थाहरुमा समेत खोप दिने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update