Odapalika - The Fourth Estate - चौथो अंग
सन नेपाल लाइफले घोषणा गर्‍यो लाभांश, बोनस वितरण पछि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणाको प्रस्ताव गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update