Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने 

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले १ जना नगर प्रहरी नायब निरीक्षक, १ जना नगर प्रहरी सहायक निरीक्षक, २  जना नगर प्रहरी हबल्दार र १२ जना नगर प्रहरी जवान गरी १६ जना प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ । 

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीका अनुसार नगरपालिकाले तोकेको योग्यता पुगेको जोसुकैले पनि आवेदन दिन सक्नेछन् । यस्तो निवेदन १ भदौभित्र नगरपालिकामा दर्ता भइसक्नुपर्ने उनले जानकारी दिए । 

नगरपालिकाका अनुसार खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने नायव र सहायक निरीक्षकका लागि कक्षा १२ पास भइ सुरक्षा निकायमा समान पदमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ भने ४५ वर्षको उमेरहद तोकिएको छ । 

खुल्ला र महिला गरी २ जनाको कोटा रहेको नगर प्रहरी हवल्दारका लागि एसइइ पास गरेको, सुरक्षा निकायमा ५ वर्षभन्दा वढी हवल्दार पदमा काम गरेको अनुभव भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । 

खुला, महिला, आदिवासी÷जनजाति, मधेशी र दलितका लागि कोटा छुट्याइएको नगर प्रहरी जवान हुन भने कुनै शैक्षिक योग्यता नचाहिने नगरपालिकाले जनाएको छ । तर उमेरहद भने १८ वर्ष पुरा भएर २५ वर्ष नकटेको हुनुपर्ने छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update