Odapalika - The Fourth Estate - चौथो अंग
सर्वाेत्तम सिमेन्टको आइपीओ आजदेखि खुल्ला, ५५ हजार बढीले भर्न पाउने

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आइतबारदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो ।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुनेछ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।

छिटोमा फागुन १६ गतेसम्म आवेदन दिनु पर्ने छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update