Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान

काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘पैसा नलाग्ने किसान कल सेन्टर’ मा किसानले फोनबाटै समस्याको समाधान गर्न पाउने भएका छन् । 

कार्यालयले किसानका जिज्ञासा तथा समस्याको समाधान पैसा नलाग्ने कल सेन्टरबाट समाधान गर्दै आएको छ । 

‘किसान कल सेन्टर कार्यालय खुलेको दिनको बिहान ११ः०० बजेदेखी २ः०० बजेसम्म तरकारीवाली अन्नवाली, दलहन, नगदेवाली, वाली संरक्षण, मौरी, च्याउ र पशुपन्छी सम्बन्धित विषयहरुमा कृषकहरुको जिज्ञासा र समस्याहरुलाई लक्षित गरी किसान कल सेन्टर नियमित रुपमा सञ्चालनमा रहेको व्यहोरा अनुरोध गरिन्छ । यसै सन्दर्भमा तहाँ वडा अन्तरगतका आम कृषहरुलाई यस किसान कल सेन्टरवाट प्राविधिक सेवाबाट लाभान्वित हुन सक्ने भएकाले कल सेन्टरको पैसा नलाग्ने नेपाल टेलिकम्युनिकेसनको टोल फ्रि नं १६६०–६३–४२४३४ मा सम्पर्क गर्न प्रचार प्रसार गरिदिनको लागि अनुरोध छ’ पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

पालिकाभित्रका कृषकहरुमा कृषि तथा पशुपन्छी सुचनाको पहुँचमा वृद्धि, सल्लाह, सुझाव, जिज्ञासा, नविनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखा परेका समस्या तथा उत्पादनोपरान्न्त हुने क्षतिको न्यूनिकरणको लागि सल्लाह तथा सुझावका लागि पालिकाले उक्त कल सेन्टर सञ्चालनमा ल्याएको थियो । 

गत आर्थिक वर्ष २०७७/०७८ देखि किसान कल सेन्टर सञ्चालनमा ल्याएको थियो । 

tolfree number1708846834.jpg

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update