Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले कान्तिसहित ५ अस्पतालको फोहोर नउठाउने, यस्ता छन् कारण 

काठमाडौँ । श्रोतमै फोहोरको बर्गीकरण नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । 

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमन पछि मानगरले फोहोर संकलन रोकेको हो । 

कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल, चावहिलको दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । 

महानगरले कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरेको थियो । यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइसकेको छ ।

फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update