Odapalika - The Fourth Estate - चौथो अंग
आठबीस नगरपालिकामा कांग्रेसको ताला 

काठमाडौँ । नगरपालिकामा वेथिति बढेको, आफ्ना माग पुरा नभएको भन्दै नेपाली कांग्रेस आठबीस नगर समितिले नगरपालिका कार्यालयमा ताला लगाएको छ । 

लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको कांग्रेसको स्थानीय समितिले आज दिउँसो २ बजेदेखि नगरपालिका कार्यालयमा ताला लगाएको नगर सभापति अर्जुन बहादुर शाहीले जानकारी दिए । पार्टीले तालाबन्दी गरेका कारण नगरको दैनिक प्रशासनिक काम ठप्प भएको छ । 

२४ पुस, २०५९ देखि विभिन्न माग राख्दै आन्दोलनरत कांग्रेसको स्थानीय समितिले माग पुरा गर्ने अल्टिमेटम सकिदासम्म बेवास्ता गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ । सो पालिकामा एमालेका तर्फबाट निर्वाचित मेयर छन् । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update