Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी 

काठमाडौं । आज देशका केही भू–भागमा हिमपात र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षाको सम्भावना देखिएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मैसम पूर्वानूमान महाशाखाका अनुसार पश्चिमी बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा छिटफुटदेखि साधारणसम्म बदली  र वर्ष हुने छ । 

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।

राति  भने देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज देशका कुनैपनि भागमा भारी वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update