आजको पञ्चाङ्ग
तिथि: द्धितीया, नक्षत्र: उ.फा., करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ३४, सूर्यास्त: १८: ०१, दिनमान: २८: ३७ घडी, राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म ।
तपाईंको आज
मेष (चु चे चो ला लि लु ले लो अ)
आकस्मिक काम आईपर्नेछ । कामको प्रशंसा र सम्मान पाउनु हुनेछ । रमाइलो अनुभूति भइरहने छ । विद्यामा सफल भइनेछ ।
वृष (इ उ ए ओ बा बि बु बे बो
आजको दिन मध्यम हुनेछ । काम गर्दा सहयोग गर्नेभन्दा असहयोग गर्ने बढी होलान् । नयाँ मित्रको साथ पाइने छ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
दाजुभाइको असहयोगले मन खिन्न रहनेछ । मान, सम्मानमा आँच आउला । नसोचेको काम भने बन्ने देखिन्छ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
काम विशेषले इष्टमित्रसँग भेटघाट हुनेछ । अचानक धनप्राप्ति होला । मानसिक तनाव कम हुनेछ ।
सिंह (मा मि मु मे मो टा टि टु)
आवश्यक यात्राले रोकिएको काम पूरा हुनेछ । तपाईंको कामको सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन् । आम्दानी हुने देखिन्छ ।
कन्या (टो प पि पु ष ण ठ पो)
आजको दिन कष्टपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुन कठिन देखिन्छ । नसोचेको खर्च हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
आजको दिन भाग्यले साथ दिनेछ । यात्राबाट पनि लाभ उठाउनु हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आज मान सम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
धनु राशिका लागि आज भाग्योदयको समय रहेको छ । नयाँ सामान खरिद होला । धर्मप्रति मन जानेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
शरीरमा कष्ट हुनेछ । तपाईँलाई दुखदिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला ।
कुम्भ (गु गे गो सा सि से सु सो दा)
परिवारको सहयोगले काम बन्नेछ । रमाइलो यात्रा उपलब्धिमय हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
आज मन उराठलाग्दो हुनेछ । नयाँ कामले झमेला दिनेछ । मानसिक थकान होला ।