Odapalika - The Fourth Estate - चौथो अंग
दोलखाको गौरीशंकरमा पहिरोले घर बगायो, ४ जना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

गए राति घर माथिबाट आएको पहिरोले पुर्दा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने २ वटा घरका परिवार भएको गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावा रिञ्जि शेर्पाले जानकारी दिए । 

बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए । पहिरोको कारण ८ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइ नसकेको उनले जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update