Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौँ । प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कोशी प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै २२१ जना कर्मचारी मागेको हो ।

सूचना अनुसार प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो । 

आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको छ ।

परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ ।

आयोगले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले चैत ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

loksewa notice1708927535.png

 


 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update