Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई निर्देशन जारी गरेको छ । बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान नगरेको भन्दै निर्देशन जारी गरेको हो ।

सूचना अनुसार रोग पहिचान भएपछि सोही व्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ । यस्तै, भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची–९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ ।

‘स्वास्थ्य बीमा ऐन २०७४ स्वास्थ्य बीमा नियमावली २०७५ र सुबिधाको थैलीमा आधारित भएर सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमाको सेवा प्रदान गर्नु भएकै छ । सेवा प्रदान पश्चात सोही ऐन, नियमावली, र बीमा दाबी समिक्षा तथा मूल्यांकन कार्यबिधी २०७८ अनुसार नै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले प्रदान गरेको सेवाहरुको भुक्तानी बीमा बोर्डले गर्ने गर्दछ । तथापी कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दा ऐन, नियम, सुबिधाको थैली र कार्यबिधीमा उल्लेख भएका कुराहरु समेत पालना गरेको नपाइएको हुनाले दावी मुल्यांकन तथा भुक्तानी गर्ने कार्यमा कठिनाइ हुने हुँदा आगामी दिनमा उल्लेखित कुराहरुको पालना गरी सेवा प्रदान गर्न आदेशानुसार अनुरोध छ’, बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update