Odapalika - The Fourth Estate - चौथो अंग
यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) 

काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ । 

सोमबारको बैठकमा अर्थमन्त्री डा. महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो । 

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले देशको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुनौती अझै कायम रहेको बताए । संसद्मा पेस भएको प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । 

प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update