Odapalika - The Fourth Estate - चौथो अंग
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला 

काठमाडौँ । विभिन्न माग राख्दै रुपन्देहीको देवदह नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ । 

मेयर ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा ताला लगाउन पुगेका कार्यकर्ता र प्रहरीबीच चलेको द्धन्द्धका कारण नगरपालिकामा भौतिक क्षतिसमेत भएको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । 

कार्यकर्ताले ताला लगाउन खोजेपछि  प्रहरीले हस्तक्षेप गरेपछि कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा राखिएको बाेर्ड फुटाइदिएका छन् । 

उनीहरु मेयरको कार्यकक्षमा प्रवेश गरेर आक्रमणको प्रयास गरेपछि तनाव उत्पन्न भएको हो । नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यकर्ताहरुले अधिकृतको ढोकामा राखेको वोर्ड फुटाइदिएका छन् भने मेयरको कार्यकक्षमा छिरेर चोरऔंला देखाउँदै धम्काउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

कार्यपालिकाको निर्णयप्रति बिमति राख्दै सुरु भएको बिरोध तनावमा परिणत भएको छ । 

नदीजन्य पदार्थको चोरीमा संलग्नलाई मिलेमतोमा छाडिएको, मेयरले आफ्नो कुलको मन्दिर बनाउन मनोमानी ढंगले बजेट दिएको, कार्यपालिकाको बहुमतको असहमितबीच तोक आदेशका भरमा विभिन्न भुक्तानी गरिएकोलगायतका आरोप लगाउँदै कांग्रेस र राप्रापाका कार्यकर्ताले अधिकत र मेयरलाई बहिष्कार गर्दै आएका थिए । सामेबार कार्यकक्षमा ताला लगाउने क्रममा भने प्रहरीसँग झडप नै भएको हो । 
 


 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update