Odapalika - The Fourth Estate - चौथो अंग
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ?

काठमाडौँ । आज पनि देशका केही भू–भागमा बादल लाग्ने, बदली हुने, वर्षा हुने र हिमपात हुने देखिएको छ । 

जल तथा मौसम विञान विभागका अनुसार आज पहाडी भू–भागमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा देशका अधिकांश भागमा भने घाम लाग्ने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहानदेखि नै देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ ।

विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली भएपनि मुख्यतया मौसम सफा नै रहने विभागले जनाएको छ ।  

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update