Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयंसेवक)का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । 

आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १०० जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक हुनेछन् ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।  

यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम हुने उनको भनाइ छ । 

महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार  यो  कार्यक्रम विद्यालय, वातावरण र समुदायसँग केन्द्रीत छ । जसमा  बालबालिका र युवा दुवै अट्टाउँछन् । 

कसरी भर्ने फारम

फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नुपर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । 

त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २०० शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायोडाटा अपलोड गर्नुपर्छ । यो फाराम २० फागुनको राति ११ बजेर ५९ मिनेटभित्र भर्न सकिने छ ।  

समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्र दिइनेछ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update