Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर 

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गर्दै भोलिबाट शिवर सञ्चालन गर्ने भएको छ । 

अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने जनाएको हो । 

फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन् ।    व्यवसायीलाई सहज पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ । 

शिविर थानकोटको साझा घर, सतुंगलको लाछिटोल, दहचोकको चौपाया खरिद केन्द्र, विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका परिसरमा सञ्चालन हुनेछ । शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई  नगरपालिकाले आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update