Odapalika - The Fourth Estate - चौथो अंग
तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ कम्पनी कालोसूचिमा

काठमाडौँ । सरकारले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको भन्दै विभिन्न ९ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । 

सूचना अनुसार ती कम्पनीहरुलाई तीन वर्षदेखि १ वर्षसम्मका लागि कालोसूचिमा राखिएको छ । उक्त अवधिसर कालोसूचिमा परेका कम्पनीहरुले सरकारी क्षेत्रका निर्माणमा सहभागीता जनाउन पाउदैनन् । 

black list1709010889.png

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update