Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो । 

सूचना अनुसार ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका नदी प्रवाह (आरओआर) तथा अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनाहरूलाई लिउ वा तिर (टेक अर पे) प्रावधानमा विद्युत खरिद बिक्री सम्झौता गर्ने निर्णय भएको छ । यो निर्णयले लगानीकर्ता सँगै प्रवद्र्धकहरुलाई पनि फाइदा पुग्ने छ ।  

यस्तै, विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका  आरओआ तथा पीआरओआर जलविद्युत आयोजनाहरुको हकमा बढीमा २५ प्रतिशतसम्म क्षामता अभिवृद्धि हुँदा समेत पीपीएको सीमाको अधिनमानरहने गरी लिउ वा तिर प्रावधानमा राखी विद्युत खरिद बिक्री सम्झौत संशोधन गरिएको छ । 

प्राधिकरणले क्षमता वृद्धि गर्नुपरेमा आवश्यक कागजातहरू/दस्तावेजसहित नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागमा निवेदन पेस गर्न आह्वान समेत गरेको छ ।

nea notice1709012952.png

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update