Odapalika - The Fourth Estate - चौथो अंग
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप

काठमाडौँ । प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।

कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले पक्राउ गरेको हो । उनीसँगै सिआइबीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाकी छ ।  न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ । हाल उनी प्रभु बैंकमा डेपुटी सीईओ छन् ।

न्यौपाने हाल प्रभु बैंकको डेपुटी सीइओमा कार्यरत छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update