Odapalika - The Fourth Estate - चौथो अंग
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने 

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । 

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सार्वजनिक स्थानको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाईएको जनाएको हो । 

‘सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ ( प्रथम संशोधन २०७६ सहित ) मा भएको व्यवस्था बमोजिम टोखा नगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन नगर्नु÷नगराउनुहुन साथै सार्वजनिक स्थलवाट १०० मिटर वरिपरिको क्षेत्रभित्र सुर्तिजन्य पदार्थको विक्री वितरण नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सूचना उल्लंघन गरी सार्वजनिक स्थानको वरपर सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरण गरिएको पाइए कारवाही हुने जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update