Odapalika - The Fourth Estate - चौथो अंग
हर्क साम्पाङको एयरपोर्ट अभियानमा क्यानको अवरोधः निर्माण र सञ्चालन सम्भव नभएको निष्कर्ष 

काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल बनाउन नसकिने निष्कर्ष निकालेको छ । 

पछिल्लो समय धरानमा पुनः विमानस्थल बनाउने चर्चा चलिरहदा नियामक निकायको रुपमा रहेको प्राधिकरणले बनाउन नसकिने जनाएको हो । 

नेपाल नागरिक उडड्यन प्राधिकरणद्धारा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माणा गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरित हुने, आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे एप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेशन कन्स्ट्रन्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न उपयुक्त नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ’, प्राधिकरणले भनेको छ । 

गत कात्तिकमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री सुदन किरातीलाई धरानमा विमानस्थल बनाउन पहल गरिदिनभन्दै पत्राचार गरेका थिए । मेयरको आग्रह अनुसार मन्त्री किरातीले क्यानलाई सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए । 

मन्त्रीको निर्देशन अनुसार प्राधिकरणले प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरेको थियो ।

उक्त समितिले गरेको अध्ययनले नै धरानमा विमानस्थल बनाउन उपयुक्त नरहेको निष्कर्ष निकालेको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update