Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

उनीहरुले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‍मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५÷०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयका शिक्षक बालेश्वर यादवले अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको आरोप पत्रमा उल्लेख छ । 

शिक्षक यादवले ९१ दिनको फर्जी जनाई तथा ४७ दिनको गयल समेत भई तोकिएको सरकारी कागजातमा हानी नोक्सानी पुर्याएको भन्दै १ लाख ३० हजार ८४३ रुपैयाँ भ्रष्टाचार गरेको जनाईएको छ । 

यस्तै, आयोगले सोही विद्यालयका शिक्षक विरेन्द्र प्रसाद यादव र भोली यादव विरुद्ध समेत भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update