Odapalika - The Fourth Estate - चौथो अंग
वडाअध्यक्षले कर्मचारी हप्काएपछि नेपालगञ्ज उपमहानगरको सेवा ठप्प

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका तथा सबै वडाबाट प्रवाह हुने सेवाहरु बुधबार ठप्प भएको छ । 

मंगलबार दिउँसो वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषले नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालय नेपालगञ्ज बाँकेको बिभिन्न शाखामा प्रवेश गरि कर्मचारीहरुलाई धम्क्याउने अपशब्द प्रयोग गरेपछि कर्मचारीहरुले अति आवश्यक बाहेकका सम्पूर्ण कामहरु ठप्प पारेका हुन् । कर्मचारीले एक विज्ञप्ती जारी गर्दै वडाअध्यक्षलाई कारवाही नगरेसम्म सबै कामहरु ठप्प पारेका हुन् ।

‘मिति २०८० साल फाल्गुण १५ गतेको दिन करिव १ः१५ बजे नेपालगञ्ज उप–महानगरपालिका, वडा नं. ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालय नेपालगञ्ज बाँकेको बिभिन्न शाखामा प्रवेश गरि कर्मचारीहरुलाई धम्क्याउने अपशब्द प्रयोग गर्नुका साथै नगर प्रमुख, नगर उप–प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्नुका साथै कार्यालय परिसर भित्र जनप्रतिनिधि एवं कर्मचारीको मानमर्दन हुने गरी गालिगलौज गर्ने अपशब्द प्रयोग गर्ने एवं झुठ्ठा लाञ्छना लगाउने जस्ता अवाञ्छित क्रियाकलाप एवं ब्यवहार प्रदर्शन गर्नु भएकोले सो कार्यको हामी सम्पूर्ण कर्मचारीहरु घोर भर्त्सना र निन्दा गर्दछौँ, कर्मचारीहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ ।

यस्तै, कर्मचारीहरुले जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा आसीन व्यक्तिले उक्त प्रकारको अवाञ्छित एवं गैर–कानूनी आचरण प्रर्दशन गर्दा कर्मचारीहरुको मनोवल खस्किनुका साथै ईज्जत मान प्रतिष्ठामा समेत गम्भिर आघात पर्न गएको बताएका छन् ।

‘दोषी उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दै कानूनी कारवाहीको प्रक्रिया अगाडि नबढ्दा सम्म नेपालगञ्ज उप–महानगरपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने ब्यहोरा जानकारी गराईन्छ । साथै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’ विज्ञप्तीमा भनिएको छ । 

428680403_732889328952542_3524197872360598869_n1709100886.jpg

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update