Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको म्याद थप गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो । 

बुधबार बसेको एकीकृत खानेपानी तथा सरसफाई परिषद्को निर्णयअनुसार खानेपानी उपभोक्ता समितिहरुको म्याद एक साता थप गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । 

उनका अनुसार १७ साउनसम्म सबै खानेपानी उपभोक्ता समितिहरुलाई आवश्यक विवरण पेश गर्न आग्रह गरिएकोमा तोकिएको समयभित्र केही वडाबाट विवरण नआएपछि समय थप गरिएको हो । 

तोकिएको मितिभित्र विवरण उपलब्ध नभए कानून बमोजिम थप निर्णय हुने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाले २४ साउनसम्म संस्था गठन भए देखि आर्थिक वर्ष २०७८÷०७९ सम्मको खानेपानी तथा सरसफाई समितिको साधारणसभा तथा लेखापरीक्षण प्रतिवेदन विवरण, समितिहरुमा कार्यरत कर्मचारीहरुको नामथर सम्पर्क नम्बर र पद विवरण, उपभोक्ताहरुवाट मासिक रुपमा लिने गरिएको महशुलको विवरण पेश गर्न निर्देशन दिएको छ । 

यस्तै, खानेपानी धारा जडान खर्च, नामसारी, धरौटी तथा अन्य शुल्कको विवरण, बैक खाता रहेको बैकको स्टेटमेन्ट सहितको विवरण, मासिक रुपमा भएको आम्दानी, प्रशासनिक खर्च तथा मर्मत खर्च विवरण तथा स्थायी संरचना भवन, खानेपानी ट्यांकी लगायत अन्य संरचनाहरुको विवरण पेश गर्न निर्देशन दिएको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update