Odapalika - The Fourth Estate - चौथो अंग
बिजुलीको पोलले लागेर वडासदस्यको मृत्यु

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोलले किचेर वडा सदस्यको मृत्यु भएको छ । 

पोल ढलेर लाग्दा वडा सदस्य ४० वर्षीय रामकुमार तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । 

मङ्गलबार दिउँसो आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा बिजुलीको पोलले लागेर घाइते भएका उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि भरतपुर मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको पालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update