Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज दिनभरको मौसमी अवस्था 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको जनाएको छ । 

यसका कारण आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली भएको र दिउसो विभिन्न प्रदेशमा यसको असर देखिने जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update