Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क 

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधबारबाट  निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ । 

धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई आँखाको उपचार सेवा घरदैलोमै पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य सेवा शाखाका प्रमुख परमानन्द भट्टले जानकारी दिए ।

पहिलो दिन वडा नं २ मा शिविर सञ्चालन गरिएको छ । जहाँ १८७ जनाले सेवा लिए । मोतिया विन्दु भएका ८ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिस पनि गरिएको छ । 

यस्तै आँखाको दृष्टि कमजोर भएका ३९ जनालाई निःशुल्करुपमा चस्मा वितरण गरिएको छ । 

फागुन २७ गतेसम्म आँखा शिविर सञ्चालन गरिने नगरपालिका उपप्रमुख कल्पना पन्तले जानकारी दिइन् ।

उनका अनुसार फागुन १७ गते आधारभूत स्वास्थ्य केन्द्र पिपलाडी, १८ गते आधारभूत स्वास्थ्य केन्द्र सिसैया, १९ गते शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनी, २० गते वडा नं ६ को वडा कार्यालय भवन, २१ गते एक नम्बर वडा कार्यालय, २२ गते पिपलाडी स्वास्थ्यचौकीमा, २३ गते ७ नं वडा कार्यालय, २४ गते ८ नं वडा कार्यालय भवन, २६ गते आधारभूत स्वास्थ्य केन्द्र दीपनगर र फागुन २७ गते आधारभूत स्वास्थ्य केन्द्र कालागौंडीमा शिविर सञ्चालन गरिने छ ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update