Odapalika - The Fourth Estate - चौथो अंग
जैमिनी नगरपालिकाको अफरः हलगोरु पाल्नू, १० हजार लानू 

काठमाडौँ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्न नगरभित्रका ३० जना कृषक छनौट गरेको छ । 

नगरपालिकाले आह्वान गरेको प्रस्तावअनुसार गोरु पाल्ने ३० जना कृषकको छनौट गरिएको नगरपालिकाले जनाएको छ । गोरु पाल्ने कृषकलाई जनही १० हजार रुपैयाँका दरले नगरपालिकाले अनुदान दिने बताएको छ । 

नगरपालिकाले रैथाने बाली र पशु चौपाया पालनलाई प्रोत्साहन गर्न विभिन्न अनुानमूलक कार्यक्रम संचालनमा ल्याएको छ । 

स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम    ल्याएको नगरपालिकाले जनाएको छ । 

गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकाल बताउँछन् । 

नगरपालिकाले व्यावसायिक राँगो पालन गर्न चाहने कृषकसमेत छनौट गरेर अनुदान दिने भएको छ । नगरपालिकाले २० जना कृषक छनौट गरी अनुदान दिन लागेको हो । 

त्यसैगरी, नगरपालिकाले एकल महिला र पुरुषलाई व्यावसायिक बाख्रा पालगनका लागि समेत अनुदान दिने भएको छ । यसका लागि ३० जना कृषक छनौट भएका छन् । 

नगरपालिकाले १६ जना कृषकलाई व्यावसायिक पशुपालन गर्न चाहने १६ जना कृषकलाई प्रस्तावको आधारमा ५० प्रतिशत अनुदान पनि दिएको जनाएको छ । यो कार्यक्रम दूग्ध उत्पादक कृषकमा समेत लागू गरिएको नगरको भनाइ छ । नगरपालिकाले ३०० बढी हाते ट्रय्याक्टरसमेत वितरण गरेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update