Odapalika - The Fourth Estate - चौथो अंग
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने 

ललितपुर । ललितपुर महानगरले आगामी १ भदौदेखि मात्रै सम्पत्ति कर नवीकरण गर्ने जनाएको छ । महानगरले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयबाट आगामी १ भदौदेखि सम्पत्ति करको नवीकरण हुने जनाएको हो । 

‘ललितपुर महानगरपालिकाको आर्थिक ऐन २०८० को दफा ३ (क) बमोजिम बुझाउनु पर्ने सम्पत्ती करको नविकरण गर्ने कार्य सम्बन्धित वडा कार्यालयबाट मिति २०८० भदौ १ गतेदेखि वडा कार्यालयबाटै राजस्व संकलन हुनेछ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ । 

महानगरले १ भदौदेखि सम्बन्धित वडामा सम्पर्क गरी सम्पत्ती कर नवीकरण गर्न/गराउन सबै नगरबासीहरुलाई आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update