Odapalika - The Fourth Estate - चौथो अंग
दोर्दीमा आँखा शिविर, औषधिदेखि चस्मासम्म निःशुल्क दिइने

काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकाले निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ । 

पालिकाले चैत १ गतेदेखि ३ गतेसम्म सञ्चालन गर्न लागेको उक्त शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौँका मेडिकल डाईरेक्टर तथा बरिष्ट नेत्र रोग विशेषज्ञ डा. कमल बहादुर खड्काको टिमद्धारा शिविरमा मोतिविन्दुको शल्यक्रिया सञ्चालन गर्नेछन् । 

आँखा पाकेको, रातो भएको, मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया र औषधी पनि निःशुल्क वितरण गरिनेछ । यस्तै, अपरेशन गरेका बिरामीहरुलाई निःशुल्क जाउलो र चियापानको व्यवस्था र बस्ने बासको व्यवस्था पालिकाले गर्नेछ भने बिरामीका लागि ओड्ने व्यवस्था आफै गर्नुपर्नेछ । 

अपरेशन पछि घाम, धुलो र धुवाबाँक आँखालाई बचाउनको लागि कालो चश्मा निःशुल्क वितरण गरिनेछ । आँखाको भिजन कम भएका नजिकमा लेख्न, पढ्न गाह्रो भएका बिरामीहरुलाई पावरवाला चश्मा समेत निःशुल्क वितरण गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update